arin enterprises

कालिन्चोक युवा क्लवको वार्षिक साधारण सभा सम्पन्न

SamacharDesk – बिराज | २०७९ चैत्र १९, आइतबार

दोलखाको सबैभन्दा पहिलो र पुरानो सामाजिक संस्था मानिएको कालिन्चोक युवा क्लवको ५३औँ वार्षिक साधारण सभा र २०औँ अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रममा वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई सम्मान गरिएको छ ।

संस्थाका संस्थापक अध्यक्ष स्वर्गीय द्वारिकामान सिं प्रधानको स्मृतिमा स्थापना भएको कोषको रकम र क्लवतर्फबाट गरेर रु. २० हजार रुपैयाँ र सम्मानपत्र सहित संस्थाका संस्थापक सल्लाहकार समेत रहेका वरिष्ठ कलाकार श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा क्लवबाट प्रकाशित हुँदै आएको ‘आँखा’ पत्रिकाको स्वर्णिम अंक भीमेश्वर नगरपालिका प्रमुख ईश्वर मानन्धरको साथमा वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष र विभिन्न संघसंस्था प्रमुखहरूको हातबाट पत्रिका लोकार्पण गरिएको थियो ।

क्लबका पूर्व सल्लाहकारहरू कृष्णप्रसाद मास्के, मदनदास श्रेष्ठ, पूर्व अध्यक्षहरू बैकुण्ठ प्रधान, अमर प्रधान, नहेन्द्र प्रधान, प्रकाश श्रेष्ठलगायतले समाजको लागि उपलब्धीमूलक कार्यक्रमहरु गर्दै जाने सुझावसहित शुभकामना राखेका थिए ।

त्यसैगरि द्वाल्खा गुठीका महासचिव उपेन्द्रप्रधान, समकालीन एकता समाज नेपालकी अध्यक्ष सकुना श्रेष्ठ, बनारसी सहयोगी हातहरूका अध्यक्ष निरेश श्रेष्ठ, पूर्व महासचिव एवम् सिआरडिएस संस्थाका अध्यक्ष प्रवीण प्रधान,  द्वाल्खा म्यासमुचाकी अध्यक्ष विश्व लक्ष्मी श्रेष्ठलगायतले पनि आ–आफ्नो मन्तव्यसहित शुभकामना दिएका थिए ।

क्लबका अध्यक्ष निरेन्द्र मास्केले विभिन्न प्राकृतिक र जैविक प्रकोपमा रहेर पनि क्लवले गर्दै आएको गतिविधिको बारेमा जानकारी दिए ।

साधारण सभाको बन्दसत्रले महासचिव अनिलचन्द्र श्रेष्ठको वार्षिक कार्य प्रगती प्रतिवेदन र कोषध्यक्ष शान्त श्रेष्ठको आर्थिक प्रतिवेदन आवश्यक सुझावसहित पारित गरेको थियो ।

कार्यक्रमको शुरुआतमा क्लवका संस्थापक अध्यक्ष स्वर्गीय द्वारिकामान सिं प्रधान र पूर्व अध्यक्ष स्वर्गीय माधवमणि राजभण्डारीलाई श्रद्धान्जली अर्पण गर्दै मौनधारण गरिएको थियो ।

Categorized in समाज