arin enterprises

बेन्जिमाको ह्याट्रिकमा म्याड्रिडको सानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २०, सोमबार

स्पेनिस ला लिगामा रियल म्याड्रिडले सानदार जित हात पारेको छ । आइतबार भएको खेलमा रियलले रियल भलडोलिडलाई ६–० गोलले हराउँदै सानदार जित हात पारेको हो ।

म्याड्रिडको घरेलु मैदान स्यान्टियागो बेर्नाबुमा भएको खेलमा करिम बेन्जिमाले पहिलो हाफमै ह्याट्रिक पूरा गरे ।

उनले खेलको २९,३२ र ३६ मिनेटमा गोल गर्दै सात मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरे ।

त्यसअघि रियलका रोद्रिगोले २२ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएको थियो ।

एसेन्सियोले ७४ औ मिनेटमा गोल गर्दा भाज्क्युले दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गरे ।

यो जितसँगै रियलको २७ खेलबाट ५९ जोड्डै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

शीर्ष स्थानको बार्सिलोनाको ७१ अंक छ । 

Categorized in स्पाेर्ट्स