arin enterprises

टोटनह्याम र एभर्टनले बराबरी खेले

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २१, मंगलबार

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम र एभर्टनले बराबरी खेलेका छन् । सोमबार राति भएको खेलमा टोटनह्याम र एभर्टनले १–१ गोलको बराबरी खेलेका हुन् ।

एभर्टनको घरेलु मैदान गुडिसन पार्कमा भएको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको ६८ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए ।

माइकल किनले ९० औं मिनेटमा गोल गर्दै एभर्टनलाई १–१ को बराबरीमा ल्याए ।

त्यसअघि दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।

खेलको ५८ औं मिनेटमा अब्दुलाए डोकुरेले रातो कार्ड पाएपछि एभर्टन १० खेलाडीमा समेटियो थियो ।

यस्तै लुकास मोउराले ८८ औं मिनेटमा रातो कार्ड पाएपछि टोटनह्याम पनि १० खेलाडीमा समेटिएको थियो ।

यो बराबरीसँगै टोटनह्याम र एभर्टनले बराबरी खेल्दै अंक बाँडेका छन् ।

टोटनह्याम ५० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । एभर्टन भने २७ अंक जोडेर १५ औं स्थानमा छ ।

Categorized in स्पाेर्ट्स