arin enterprises

ट्वीटरको लोगो परिवर्तन

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २१, मंगलबार

ट्वीटर कम्पनीका मालिक एलन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् ।

मस्कले ट्वीटरको साइटमा नीलो रङको चराको सट्टा जापानी कुकुर शिवा इनुलाई ट्वीटरको लोगो बनाएका हुन् ।

डेस्कटप र ल्याटप प्रयोगकर्ताहरुले लोगो परिवर्तन भएको देखे पनि मोबाइल एपमा भने तत्काल परिवर्तन नहुने भएको छ ।

उनले सोमबारराति ट्वीटरको लोगो फेर्दै अर्को चर्चा सिर्जना गरेका छन । गत अक्टोबरमा ट्वीटरको स्वामित्व लिएका मस्कले एकपछि अर्को चर्चाका निर्णय गर्दै आएका थिए । यस अघि ट्वीटरमा निलो टिकका लागि शुल्क लिने निर्णय गरेका थिए ।

ट्वीटरको नयाँ लोगो बनाइएको शिवाइनु कुकुर डोजक्वाइन नामक क्रिप्टो करेन्सीको समेत लागो रहेको छ । जसकारण ट्वीटर प्रयोगकर्ताहरुबीच यसले बढी चर्चा पाएको छ ।

सफ्टवेयर इन्जिनियरद्वय बिली मार्कस र ज्याक्सन पाल्मरले सन् २०१३ मा बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीहरूको मजाक उडाउन कुकुरको लोगो राख्दै डोजक्वाइन सुरु गरेका थिए ।

मस्कले ट्विटरको लोगो परिवर्तन भएको आफ्नै ट्विटरवाट रमाइलो ढंगबाट जानकारी दिएका छन् ।

Categorized in विज्ञान-प्रविधी