‘विश्वकप नजितेसम्म सन्यास लिन्न’
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ ९, शनिबार

विश्वकपको हरेक सीजनमा उपाधीको दावेदार मानिने टिम अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकप जित्न सकेको छैन । यसपाली त झन खराव प्रदर्शनका कारण लीगबाटै बाहिरीने आशंका हुन थालेको अवस्थामा पनि स्टार खेलाडी एवम् अजेन्टिनी कप्तान लियोनेल मेस्सीको विश्वकप जित्ने जोश भने रत्ति पनि कम भएको छैन ।
गत आइतबार रुसमै आफ्नो ३१औं जन्मदिन मनाएका मेस्सीले आफुले अर्जेन्टिनाको लागी विश्वकप नजितेसम्म सन्यास नलिने भनेका छन् । ‘आफैंले विश्पकपको ट्रफी उचाल्ने सपना छ । यसले विश्वभरका लाखौं अर्जेन्टिनी समर्थकलाई खुसी दिनेछ ।’ स्टार खेलाडि लियोले आफ्नो जन्मदिनको अवसरमा भने ।
बार्साका स्टार खेलाडी मेस्सीले आफुले व्यक्तिगत रुपमा जित्नका लागी कुनै पुरस्कार वा उपाधी बाँकि राखेका छैनन् । भएभरका उपाधी जितिसकेका मेस्सीले आफ्नो देशको लागी भने अहिलेसम्म केहि जित्न सकेका छैनन् । क्लब फुटबलमा सबै प्रतियोगिता जितेपनि आफ्नो इच्छा अझै पुरा नभएको बताउँदै विश्व च्याम्पियन नभएसम्म फुटबलबाट सन्यास नलिने प्रतिवध्दता लियोल व्यक्त गरे ।
यो पटक अर्जेन्टिना विश्वकपको उपाधि जित्न असफल भएमा मेस्सीले विश्वकप जित्ने इच्छा पुरा गर्न २०२२ सम्म पर्खनुपर्छ । तर, त्यसबेलासम्म मेस्सीको उमेर ३५ वर्ष हुनेछ ।
रसियामा जारी विश्वकपको पहिलो खेलमा आइसल्याण्डसँग १, १ को बराबरीमा रोकिएको अर्जेन्टिना दोस्रो खेलमा क्रोएसियासँग ३,० ले स्तब्ध हुनुपरेको थियो । उसले अब समूह चरणको अन्तिम खेलमा नाइजेरियासँग खेल्नेछ । नकआउट चरण पुग्न उसले नाइजेरियालाई हराएर मात्र हुन्न, आइसल्याण्डसँग क्रोएसिया हार्नु पनि हुन्न ।
Categorized in स्पाेर्ट्स