टोखामा सडक दुर्घटनामा शाहीको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र २२, बुधबार

काठमाडौंको टोखामा भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।
टोखा नगरपालिका–३ स्थित सडकमा स्कुटर अनियन्त्रित भई गाडी मुनि पर्न जाँदा स्कुटर चालक दिनेश शाहीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका शाहीलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
टोखाबाट ग्राण्डी अस्पतालतर्फ जाँदै गरेको बा.प्र.०२–०१६ प ६५३१ नम्बरको स्कुटर अनियन्त्रित भई बा.३ ख ८१९६ नम्बरको गाडीमुनि पर्न गएको थियो ।
सो दुर्घटनामा स्कुटर चालक कालिकोट राजकोट नगरपालिका–५ घर भई हाल काठमाडौं टोखा बस्दै आएका शाहीको मृत्यु भएको हो ।
प्रहरीले दुवै सवारी साधनको साथमा गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।
Categorized in समाज