arin enterprises

पर्सामा सडक दुर्घटनामा पासवानको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र २२, बुधबार

पर्सामा मंगलबार राति भएको सडक दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

पर्साको वीरगंज महानगरपालिका–१७ अलौस्थित सडकमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका–३ परसवा बस्ने ४५ वर्षीय मनोज पासवानको मृत्यु भएको हो ।

ना.५ च ४७५ नम्बरको गाडीले पासवान सवार प्र २–०३–०२२ प ९८०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पासवान सख्त घाइते भएको थिए ।

उनलाई उपचारको लागि नारायणी अस्पताल वीरगंज लगिएको थियो भने सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Categorized in समाज