ट्याक्टर घरमा खस्दा युवकको मृत्यु
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ चैत्र २२, बुधबार

बाग्लुङमा मंगलबार राति एउटा ट्याक्टर घरमा खस्न जाँदा एक युवकको मृत्यु भएको छ ।
गल्कोट नगरपालिका–११ मनेवापाटस्थित सडकमा खर्वाङबाट हटियातर्फ जाँदै गरेको ध.१ त ६०९ नम्बरको ट्याक्टर सोही ठाउँ बस्ने होम बहादुर सिङ्जालिको घरमा खस्न गएको थियो ।
ट्याक्टर अनियन्त्रित भई सिङजालीको घरमा खस्न पुग्दा होम बहादुरको घरमा पाहुना आएका २३ वर्षीय दिपेश सलामीको मृत्यु भएको हो ।
नवलपरासी (पूर्व) कावासोती नगरपालिका–११ का सलामीको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालक हाल फरार छन् भने प्रहरीले चालकको खोजी गरिरहेको छ ।
Categorized in समाज