बायर्न म्युनिख जर्मन कपबाट बाहिरियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २२, बुधबार

बायर्न म्युनिख बीएफडी पोकल (जर्मन कप)को क्वाटरफाइनलबाट बाहिरिएको छ । २०औं पटकको च्याम्पियन बायर्न फ्रेइबर्गसँग पराजित हुँदै बाहिरिएको हो ।
मंगलबार राति भएको खेलमा बायर्न फ्रेइबर्गसँग २–१ ले पराजित भयो । बायर्नको घरेलु मैदान अलाइण्ज एरिनामा भएको खेलमा अग्रता बायर्नले बनाएको थियो ।
१९ औं मिनेटमा डायोट उपमिकानोले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए ।
निकोलस होफ्लरले २७ औं मिनेटमा गोल गर्दै फ्रेइबर्गलाई १–१ गोलको बराबरीमा ल्याए ।
दास्रो हाफको इन्जुरी टाइमको पाँचौं मिनेटमा लुकास होलरले पेनाल्टीमार्फत गोल गर्दै फ्रेइबर्गलाई २–१ को पुनरागमन जित दिलाए ।
Categorized in स्पाेर्ट्स