arin enterprises

नेपालभाषाका कथाकारहरुको नगरकोटमा गोष्ठी

SamacharDesk – बिजय रत्न | २०७९ चैत्र २६, आइतबार

नेपालभाषाको कथा साहित्य क्षेत्रमा कलम चलाउँदै आएका कथाकारहरुको नगरकोटमा कथा गोष्ठी सम्पन्न भएको छ ।

शुक्रवार र शनिवार दुई दिन भएको कार्यक्रममा साहित्यकार साथै शिक्षाविद् साथै पूर्व संविधान सभाका सदस्य स्व. लक्ष्मण राजवंशीलाई सम्झिँदै सम्पन्न भएको थियो ।

बाखं दबूको आयोजनामा सम्पन्न कार्यक्रममा स्वर्गीय साहित्यकार राजवंशीको नेपालभाषाको कथा क्षेत्र साथै बाखं दबू संस्थाको लागि योगदानको चर्चा गरिएको थियो ।

दुई दिने कार्यक्रममा नेपालभाषा साहित्य क्षेत्रका चर्चित साहित्यकारहरु अन्जना ताम्राकार, भगतदास श्रेष्ठ, निजिरोस श्रेष्ठ, किरणकेन रन्जितलगायत थुप्रै कथाकारहरुले आआफ्नो कथा सुनाएका थिए ।

सबैको कथालाई लिएर वरिष्ठ साहित्यकार केदार सितुले टिप्पणी गरेका थिए भने समालोचक पूर्ण ताम्राकारले समालोचना गरेका थिए ।

गोष्ठीमा कथाकारहरु बीचमा कथा साहित्यलाई लिएर छलफल पनि भएको थियो ।

बाखं दबूका संस्थापक सदस्य लोचनतारा ताम्राकार र साहित्यकार बद्री वेदनाले आयोजकतर्फबाट बोलेका थिए ।

Categorized in पेजथ्री