arin enterprises

इन्टरले बेन्फिकालाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २९, बुधबार

च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानले जित निकालेको छ ।

मंगलबार राति इन्टरले पोर्चुगिज क्लब बेन्फिकालाई २–० ले हराएको हो ।

इन्टरको जितमा निकोलो बरेला र रोमेलु लुकाकुले एक एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकेको खेलको  दोस्रो हाफको ५१ औं मिनेटमा बरेलाले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

लुकाकुले ८२ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै इन्टरलाई २–० को जित दिलाए ।

जितसँगै इन्टरले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।

दुई टोलीबीचको दोस्रो लेग अप्रिल २० मा हुनेछ ।

Categorized in स्पाेर्ट्स