arin enterprises

मातृभाषा शिक्षा अभियानकर्मी र शिक्षामन्त्रीबीच छलफल

SamacharDesk – बिराज | २०७९ चैत्र २९, बुधबार

मातृभाषा शिक्षा अभियानकर्मीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर छलफल गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको पहलमा भएको भेटघाटमा मा मातृभाषा शिक्षालाई प्रभावकारी र व्यवस्थित बनाउने सम्वन्धमा  छलफल गरिएको थियो ।

भेटघाटको क्रममा अभियानकर्मी र मन्त्री राईबीचमा सघिय शिक्षा नीति बनाउने, मातृभाषा शिक्षालाई देशैभर लागू गर्ने, भाषाको बिकल्प भाष नै राखेर पाठ्यक्रम परिमार्जन गर्ने लगायतका विषयमा छलफल भएको नेता श्रेष्ठले जानकारी दिए ।

‘एच्छिक विषयमा भाषा राखिएको छ भने त्यसको विकल्प भाषा नै हुनुपर्यो भन्ने विषयमा छलफल भयो । भाषासँग ऐच्छिक गणित, कम्प्युटर आदि राख्दा त भाषा लिएर पढ्ने विद्यार्थीहरु कहाँबाट पाइएला ?’ मन्त्री श्रेष्ठले भने ।

छलफलमा राखिएका विषयवस्तुमा मन्त्री राई सकारात्मक रहेको बताउँदै छलफलका विषय कार्वान्वयनमा आफु विश्वस्त रहेको पूर्वमन्त्री श्रेष्ठले बताए ।

नेपाल सरकारको नीति तथा कार्यक्रमको प्रमुख मस्यौदाकार समेत रहेका श्रेष्ठले सरकारको वर्तमान नीति तथा कार्यक्रममा समेत यी बिषयहरु समावेश रहेकोले पनि कार्यान्वयन पक्षमा बिश्वस्त हुन सकिने बताए ।

Categorized in राजनीति