आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गर्दै जर्मनी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ३, आइतबार

.जर्मनीले शनिबारदेखि आफ्ना अन्तिम तीन आणविक भट्टी बन्द गरि आणविक शक्तिबाट बाहिरिने भएको छ ।
धेरै पश्चिमा देशहरूले आणविक ऊर्जामा आफ्नो लगानी बढाइरहेको बेला जर्मनीले भने आफ्नो आणविक युगको अन्त्य गरि नयाँ युगको सुरुवात गरेकोे हो ।
जर्मनी वातावरणमन्त्री स्टेफी लेम्केले आणविक ऊर्जाको जोखिम अनियन्त्रित नै रहेको बताए । उनले यसै हप्ता देशमा जी–७ को बैठकअघि सन् २०११मा दुर्घटनाग्रस्त जापानी प्लान्टको भ्रमण गरेका थिए ।
स्थानीय विश्लेषकहरूले भने अन्त्य गरेको रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण उत्पन्न चुनौती र उत्सर्जनमा छिटो कटौती गर्नुपर्ने भएकोले जर्मनीलाई आणविक ऊर्जाबाट फिर्ता हुन ढिलाइ गर्न आह्वान गरेका छन् ।
सन् २००२ देखि नै आणविक उर्जाशक्तिलाई अन्त्य गर्न युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र नै लागिपरेको थियो ।
तर सन् २०११ मा जापानको फुकुशिमा आणविक विस्फोटपछि पूर्व चान्सलर एन्जेला मर्केलले यसलाई चरणबद्ध रूपमा तीव्रता दिएका थिए ।
Categorized in अन्तर्राष्ट्रिय