बराबरीमा रोकिएपनि मिलान सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ६, बुधबार

प्रवेश इटालियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा नापोलीसँग १–१ गोलको बराबरीमा रोकिएपनि समग्रमा २–१ को जित निकाल्दै मिलान अन्तिम चारमा पुगेको हो ।
नापोलीको घरेलु मैदानमा भएको दोस्रो लेगमा अग्रता मिलानले बनाएको थियो । मिलानका लागि ओलिभर जेरुडले खेलको ४३ औं मिनेटमा गोल गरेका थिए । त्यसअघि २२ औं मिनेटमा जेरुडल प्रहार गरेको पेनाल्टीलाई नापोलीका गोलकिपर एलेक्स मेरेटले रोकेका थिए ।
त्यसपछि ८२ औं मिनेटमा नापोलीले पनि पेनाल्टीको अवसर खेर फाल्यो । कभिचा कभाराकेस्लियाले प्रहार गरेको बल पोस्ट भन्दा बाहिर गएको थियो ।
खेलको इन्जुरी समयमा नापोलीका भिक्टर ओसिमहेनले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।
खेलको बाँकि समयमा अरु गोल हुन नसक्दा समग्रमा मिलानले खेल जिते ।
पहिलो लेगमा मिलानले नापोलीलाई १–०ले हराएको थियो ।
Categorized in स्पाेर्ट्स