arin enterprises

बायर्नलाई हराउँदै म्यानसिटि सेमिफाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ७, बिहिबार

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको क्वाटरफाइनल अन्तर्गतको दोस्रो लेगमा बायर्न म्युनिखसँग १–१ गोलको बराबरी खेल्दै सिटीले समग्रमा ४–१ को जित हासिल गरेको हो ।

बायर्नको मैदानमा भएको दोस्रो लेगमा अग्रता सिटीले बनाएको थियो । अर्लिङ हालाण्डले ५७ औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाए । त्यसअघि ३७ औं मिनेटमा भने हालाण्ड पेनाल्टीमा गोल गर्न चुकेका थिए ।

८३ औं मिनेटमा बायर्नका जोसुवा किमिचले गोल गदै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

पहिलो लेगमा सिटीले बायर्न माथि ३–० को अग्रता कारण किमिचको गोलले बायर्नलाई अर्को चरणमा पुर्याउन सकेन ।

सिटीले सेमिफाइनलमा साविक विजेता रियल म्याड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । 

Categorized in स्पाेर्ट्स