arin enterprises

हतियार नपठाउन दक्षिण कोरियालाई रुसको चेतावनी

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ७, बिहिबार

रुसले युक्रेनमा हतियार नपठाउन दक्षिण कोरियालाई चेतावनी दिएको छ ।

दक्षिण कोरियाले ठूलो मात्रामा युक्रेनलाईलाई सैन्य सहायताको लागि ढोका खोलेपछि रुसले बुधबार चेतावनी दिएको हो ।

कोरियाले युक्रेनलाई हालसम्म गैरघातक र मानवीय सहायता प्रदान गरे पनि सैन्य हतियार दिन भने अस्वीकार गरेको छ ।

दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले अन्तर्राष्ट्रिय समुदायले नागरिकमाथि कुनै पनि ठूलो स्तरको आक्रमणलाई स्वीकार्न नसक्ने अवस्था आयो भने मानवीय वा आर्थिक सहायतामा मात्र जोड दिन गाह्रो हुनसक्ने बताए ।

यस्तै क्रेमलिनले हतियार आपूर्ति सुरु गर्नुको अर्थ युक्रेन द्वन्द्वमा अप्रत्यक्ष संलग्नता हुने बताएको छ ।

सन् २००८ देखि २०१२ सम्म रूसका राष्ट्रपति रहेका रुसका पूर्वनेता दिमित्री मेदभेदेवले पनि चेतावनी दिएका थिए । 

Categorized in अन्तर्राष्ट्रिय