arin enterprises

एलन मस्कको रकेट पहिलो उडानमै विस्फोट

SamacharDesk | २०८० बैशाख ८, शुक्रबार

विश्वकै अर्बपति धनाढ्य एनल मस्कको स्पेस एक्स कम्पनीको रकेट पहिलो उडानमै विस्फोट भएको छ ।

पर्यटकलाई अन्तरिक्ष भ्रमण गराउने योजना बनाइरहेका मक्सको उक्त स्पेस एक्स कम्पनीको विशाल रकेट परीक्षणका क्रममा पहिलो उडानमै विस्फोट भएको हो ।

अमेरिकाको टेक्सस राज्यको पूर्वी तटबाट स्थानिय समय अनसार बिहिबार बिहान उडेको स्टारशिप नाकमो रकेट परिक्षण उडानको चार मिनेटमै विष्फोट भएको हो ।

रकेटमा अन्तरिक्ष यात्री नभएकाले मानवीय क्षति भने भएन । उडानको दुई देखि तीन मिनेट पछि रेकट नियन्त्रण बाहिर गएर अन्तरीक्षमै विष्फोट भएको हो ।

यो रकेट अहिलेसम्म बनेको सबैभन्दा ठूलो रकेट थियो । परीक्षण उडान असफल भएपछि एलन मस्कले आफ्नो कम्पनीले अब केही महिनापछि पुनः प्रयास थाल्ने छन् ।

स्पेस एक्स कम्पनीको दोस्रो रकेट पनि उडानका लागि झण्डै तयार भइरहेको बताइएको छ ।

अमेरिकामा रकेट प्रक्षेपणको इजाजत दिने संघीय उड्डयन प्रशासनले यस दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।

Categorized in अन्तर्राष्ट्रिय