रातो मच्छिन्द्रनाथको जात्रा आजबाट शुभारम्भ
SamacharDesk – Ram Dangol | २०८० बैशाख ११, सोमबार

वर्षा र सहकालको देवताको रुपमा पुजिदै आइरहेको रातो मच्छिन्द्रनाथको जात्रा आजबाट शुरु हुँदैछ ।
आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने काठमाडौं उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथीसम्म करिब २ महिनासम्म मनाइन्छ । सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि स्थानीय भाषामा बुंगद्यः का रुपमा पनि पुजिन्छ ।
विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको मानिन्छ । मच्छिन्द्रनाथलाई अक्षया तृतीयाको दुई दिन अघि अर्थात् बैसाख शुक्ल प्रतिपदाको दिनमा रथमा विराजमान गराइन्छ भने अक्षया तृतीयाको भोलिपल्टबाट रथयात्रा सुरु गरिन्छ ।
रथयात्राको पहिलो दिन रथलाई पुल्चोकबाट तानेर गाःबहाल पुर्याटइन्छ । गाःबहाल पुर्यााइदिने दिनको जात्रालाई गाःबहाःयाः भनिन्छ ।
त्यसपछि क्रमशः सुन्धारामा नुगःयाः, लगनखेलमा लगंया, याकः मिसा भुज्याः पछि साइत अनुसार जावलाखेलमा रथ पु¥याएर भोटो जात्रा पछि जात्रा सम्पन्न हुने गर्दछ ।
करुणामय समेत भनिने रातो मच्छिन्द्रनाथलाई नाथ सम्प्रदायीहरुले मच्छिन्द्रनाथ, शैव धर्माबलम्बीले शिब, वैष्णबहरुले विरिञ्ची नारायण, सुर्यका उपासकले सूर्य, शाक्तहरुले शक्ति र बौद्ध धर्मावलम्बीहरुले आर्यावलोकितेश्वरको रुपमा मान्ने गर्छन् ।
किंवदन्ती अनुसार भक्तपुरका राजा नरेन्द्रदेब, काठमाडौंका तान्त्रिक बन्धुदत्त आचार्य र पाटनका रथचक्र ज्यापु र कर्कोटक नागराजा मिलेर रातो मच्छिन्द्रनाथलाई नेपाल ल्याएको किम्वदन्ति यो जात्रासँग जोडिएको छ ।
Categorized in संस्कृति