arin enterprises

युट्युबको पहिलो भिडियो १८ बर्ष पुरा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ११, सोमबार

युट्युबको पहिलो भिडियो १८ बर्ष पुरा भएको छ । १८ बर्ष अघि आजकै दिन युट्युबमा पहिलो भिडियो पोस्ट गरिएको थियो ।

सन् २००५ अप्रिल २४ को दिन ३ बजेर ३१ मिनेटमा ‘मि याट द जु’ शीर्षकको १९ सेकेन्डको भिडियो युट्युबमा अपलोड गरिएको थियो ।

युट्युबमा पहिलो भिडियो युट्युबकै सहसंस्थापक जावेद करिमले अपलोड गरेका थिए ।

भिडियो क्यालिफोर्नीयास्थित सान डियागो चिडियाखानामा खिचिएको थियो । त्यस भिडियोमा चिडियाघरमा रहेका दुईवटा हात्तीको साथै करिमले बोलि रहेको देख्न सकिन्छ ।

‘मि याट द जु’ हालसम्म २६ करोड ४१ लाख पटक हेरिसकिएको छ भने दर्शकहरूले भिडियोमा १ करोड ३० लाख वटा प्रतिक्रिया जनाएका छन् ।

यो भिडियो करिमको साथी याकोभ लापित्स्कीले खिचेका हुन् ।

प्राविधिक हिसाबले कम गुणस्तरीय भएपनि यो भिडियोले विश्वव्यापी रुपमा डिजिटल युगको विकासका लागि उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।

Categorized in विज्ञान-प्रविधी