arin enterprises

रातो मच्छिन्द्रनाथ रथारोहणः भिडियो

SamacharDesk – बिराज | २०८० बैशाख ११, सोमबार

हरेक वर्ष बैसाख शुक्ल प्रतिपदाको दिन रातो मच्छिन्द्रनाथलाई पुल्चोकमा रथारोहण गराइन्छ ।

यसै दिनमा डंगोल थरका ञवाःहरुले रथको टुप्पोमा धकि बाय्म्वः राख्दै रथ निर्माणको कामलाई सम्पन्न गर्ने गरिन्छ । रथको अन्य निर्माण कार्य बाराही समुदायले गर्ने गर्छन् भने धकि बायम्वः राखेर रथ निर्माणको काम ञवाःहरुले सम्पन्न गर्ने गर्छन् ।

पूल्चोकमा रथ निर्माणको काम सम्पन्न भएसँगै तःबहालबाट गुरुजु पल्टनसहित रातो मच्छिन्द्रनाथलाई खटमा बोकेर पूल्चोकमा पुर्‍याइन्छ र रथारोहण गराउने गरिन्छ ।

यसको ठिक चौथो दिन अर्थात बैसाख शुक्ल चतुर्थीको दिनबाट पुल्चोकबाट रथ तान्दै रथयात्राको सुरुवात गरिन्छ ।

Categorized in संस्कृति