arin enterprises

राष्ट्रपति बाइडेनको पुनः चुनाव लड्ने घोषणा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १३, बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपतीको निर्वाचनमा आफू पुनः उम्मेदवार बन्ने घोषणा गरेका छ ।

८० वर्षीय बाइडेन राष्ट्रपतिको दोस्रो कार्यकालका निम्ति मैदानमा उत्रन लागेका हुन् ।

राष्ट्रपति बाइडेनले मतदातासमक्ष राष्ट्रप्रमुखका रूपमा आफूले शपथ लिए देखि सबै कामलाई पूरा गर्न अर्को कार्यकालका निम्ति आफूलाई पुनः अवसर दिन अनुरोध गरेका छन् ।

ट्रम्प प्रशासनले तहसनहस पारेको अमेरिकालाई पुनः लयमा फर्काउने वाचा गरेको चार वर्षपछि राष्ट्रपति बाइडेनले तीन मिनेटको भिडियो मार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

अमेरिकी नागरिकको स्वतन्त्रताका निम्ति आफ्नो उम्मेदवारी अपरिहार्य भएको बाइडेनले बताएका छन् ।

आधा शताब्दीभन्दा बढी समय राजनीतिमा लागेका उनको उमेरभन्दा अनुभव महत्वपूर्ण हुने विश्लेषकहरुले बताएका छन् ।

उनी जत्तिकै अनुभवी प्रतिस्पर्धीहरु नभएकाले  दलले पनि बाइडेन उम्मेदवारीलाई अनुमोदन गर्नेछ ।

बन्दुक हिंसा अन्त्यदेखि सुरक्षित गर्भपतनको अधिकारसम्मका विविध मुद्दाका कारण विभाजित अमेरिकी समाजलाई एकताको सूत्रमा आबद्ध गर्न उनले कठोर संघर्ष गर्नुपर्नेछ । 

Categorized in अन्तर्राष्ट्रिय