रायो भालेकानोसँग बार्सिलोना पराजित
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १४, बिहिबार

स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग २–१ गोल अन्तरले पराजित भएको हो ।
रायोको घरेलु मैदानमा भएको खेलको १९ औं मिनेटमा अल्भारो गार्सिया रिभेराले गोल गर्दै भालेकानोलाई अग्रता दिलाएका थिए ।
फ्रान गार्सियाले ५३ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाए ।
बार्सिलोनाको लागि ८३ औं मिनेटमा रोबर्टो लेवान्डोस्कीले गोल गरे ।
बाँकि समयमा अरु गोल नहुँदा बार्सिलोना २–१ ले पराजित भयो । भालेकानोसँग पराजित भएसँगै आफ्नो प्रतिद्वन्दी रियल म्याड्रिडसँग अंक दुरि घटाउने मैका गुमाएको छ ।
बार्सिलोना ३१ खेलमा ७६ अंक जोड्डै शीर्ष स्थानमा यथावत रहेको छ । भालेकानो ३१ खेलमा ४३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
यस्तै ६५ अंक सहित रियल दोस्रो स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स