arin enterprises

म्यानसिटिले आर्सनललाई हरायो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १४, बिहिबार

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनल म्यानचेस्टर सिटीसँग पराजित भएको छ ।

बुधबार राति भएको खेलमा सिटीले आर्सनललाई ४–१ गोलले हराएको हो ।

सिटीको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे । जोन स्टोन्स र अर्लिङ हालाण्डले एक एक गोल गरे । आर्सनलका रोब होल्डीङले एक गोल फर्काए ।

म्यानसिटिको घरेलु मैदानमा भएको खेलको सातौं मिनेटमा डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा जोन स्टोन्सले गोल गर्दा सिटीको अग्रता दोब्बर भयो ।

५४ औं मिनेटमा डी ब्रुएनले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ३–० ले अघि रह्यो ।

होल्डीङले ८६ औं मिनेटमा गोल गर्दै आर्सनललाई ३–१ को स्थितिमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा हालाण्डले गोल गर्दै सिटीलाई ४–१ को अग्रता दिलाएको थियो ।

प्रिमियर लिगको अन्तिम पाँच खेलमा सिटिले पाँचैवटामा जित हासिल गरि १५ अंक जोडेको छ । योसँगै सिटिले शीर्ष स्थानको आर्सनलसँग अंक दुरी घटाएको छ ।

यस्तै आर्सनले अन्तिम पाँच खेलमा एक जित, तिन बराबरी र एक पराजितसँगै मात्र ६ अंक जोडेको छ ।

आर्सनल ३३ खेलमा ७५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

दोस्रो स्थानको सिटीको आर्सनल भन्दा २ अंकले पछि रहेको छ । आर्सनल भन्दा दुई खेल कम खेलेको सिटीले ३१ खेलमा ७३ अंक जोड्डै दोस्रो स्थानमा छ । 

Categorized in स्पाेर्ट्स