अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियारको सम्झौता
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १४, बिहिबार

संयुक्त राष्ट्र अमेरिका र दक्षिण कोरियाबीच आणविक हतियार सम्बन्धि सम्झौता भएको छ ।
अमेरिका भ्रमणमा रहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुकयोल र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच यस्तो सम्झौता भएको हो ।
बुधबार वासिङ्टनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति सुकयोलले दुई देशबीच ऐतिहासिक सहमति भएको प्रतिक्रिया दिए ।
त्यस्तै, अमेरिकी राष्ट्रपति बाइडेनले उत्तर कोरियाको ब्यवहारलाई जवाफ दिने गरी आफूहरु सहमतिमा पुगेको बताएका छन् ।
सम्झौता अनुसार अमेरिकाले दक्षिण कोरियालाई आवश्यक परे उत्तर कोरिया विरुद्ध आणविक हतियार प्रयोग गर्ने अनुमति दिएको छ । तर दक्षिण कोरिया आफैले भने आणविक हतियारको विकास नगर्ने सहमति भएको जनाइएको छ ।
अमेरिकाले आणविक हतियारयुक्त पन्डुब्बी लगायत हतियारहरु दक्षिण कोरियालाई उपलब्ध गराउने सहमति पनि भएको छ ।
सम्झौता पत्रमा कोरियाली प्रायद्विपलाई आणविक त्रासबाट मुक्त गर्न आवश्यक कदमहरु अघि बढाउने सहमति पनि भएको उल्लेख गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय