arin enterprises

अग्रता जोगाउन नसक्दा म्यानयु बराबरीमा रोकियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १५, शुक्रबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेड र टोटेनहमले बराबरी खेलेका छन् । बिहीबार राति भएको खेलमा युनाईटेड र टोटेनहमले २–२ गोलको बराबरी खेलेका हुन् ।

रोमान्चक खेलमा युनाईटेडले दुई गोलको अग्रता जोगाउन नसक्दा टोटेनहमसँग अंक बाड्न पुगे ।

टोटनहम हटस्पर स्टेडियममा भएको पहिलो हाफमा म्यानयुले अग्रता लिएको थियो । खेलको सातौं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा मार्कुस राषफोर्डले गोलले युनाईटेडको अग्रता दोब्बर भयो ।

म्यानयुले यो अग्रता दोस्रो हाफमा जोगाउन सकेन ।

पेड्रो पारोले  ५६ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई २–१ को स्थितिमा ल्याए । ७९ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २–२ गोलको बराबरीमा ल्याए ।

यो बराबरीसँगै युनाईटेड र टोटनहमले एक एक अंक बाँडेको छ ।

म्यानयु ३१ खेलमा ६० अंक सहित चौंथो स्थानमा रहेको छ ।

पाँचौं स्थानको टोटेनहमले ३३ खेलमा ५४ अंक जोडेको छ ।

Categorized in स्पाेर्ट्स