arin enterprises

म्यानचेस्टर युनाईटेड खरिद गर्न दुई कम्पनीको बोलपत्र

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १६, शनिबार

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड खरिद गर्न कतार र बेलायतबाट बोलपत्र पेश भएको छ ।

कतार सबैभन्दा ठूलो बैंक मध्ये एकका अध्यक्ष शेख जसिम बिन हमाद अल थानी र इनेओसले युनाईटेडले बोलपत्र पेश गरेका हुन् ।

कतारी शेख जसिमले आफ्नो फाउन्डेसन नाइन टु फाउन्डेसनबाट र बेलायतका सर जिम र्‍याक्लिफको स्वामित्वम इनेओसले युनाईटेड खरिद गर्नको लागि अन्तिम बोलपत्र दिएको बीबीसीले जनाएको छ ।

अर्बपति र्‍याक्लिफले  युनाइटेड किन्न आफ्नो रुचि पहिले नै बताइसकेका थिए ।

युनाईटेडक अहिले ग्लेजर परिवारको स्वामित्वमा रहेको छ । सन् २००५ मा किनेको युनाइटेडलाई ग्लेजर परिवारले धेरै ऋण भएपछि अहिले बेच्न खोजिरहेको छ ।

युनाईटेडको ऋण झन्डै १ विलियन पाउण्ड पुगेको छ । एक तथ्यांक अनुसार युनाईटेडको ऋण ९६९.६ मिलियन पाउण्ड रहेको उल्लेख गरेको छ ।

Categorized in स्पाेर्ट्स