arin enterprises

बार्सिलोनाको सान्दार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १७, आइतबार

स्पेनिस ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले सान्दार जित निकालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–० गोलले हराएको हो ।

बार्सिलोनाको घरेलु मैदान क्याप नाउमा भएको खेलको १४ औं मिनेटमा आन्द्रेअस क्रिस्टियनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

३३ औं मिनेटमा एड्जर गोन्जालेजले रातो कार्ड पाएपछि बेटिस १० खेलाडीमा समेटियो । रोबर्टो लेवान्डोस्कीले ३६ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

३९ औं मिनेटमा राफिन्हाले गोल गर्दा बार्सिलोना ३–० ले अघि रह्यो । त्यसपछि खेलको ८२ औं मिनेटमा बेटिसको गुइडो रोड्रिगेजले आत्मघाती गोल गर्दा बार्सा ४–० अघि रह्यो ।

खेलको बाँकि समय अरु गोल नहुँदा बार्सिलोनाले सानदार जित हासिल गरे ।

यो जितसँगै बार्सिलोना आफ्नो प्रतिद्वन्दी रियल म्याड्रिड भन्दा ११ अंकले अघि रहेको छ । बार्साले ३२ खेलमा ७९ अंक जोडेको छ ।

बेटिस ४९ अंक सहित छैटौं स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स