कतारमा तालिवान शासनको प्रभावका बारे छलफल गर्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १८, सोमबार

संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिवान शासनको प्रभावका बारे छलफल गर्न कतारको दोहामा सोमबार अन्तर्राष्ट्रिय कुटनीतिज्ञहरुको भेला बोलाएको छ ।
राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले अफगानिस्तानमा बालबालिका र महिलालाई शिक्षाबाट बञ्चित गरिएको लगायतका विषयमा छलफल गर्न लागेका हुन् ।
सन् २०२१ को अगष्टमा सत्तामा आएको तालिवानले महिलाहरुलाई शिक्षा तथा घर बाहिर काममा जानबाट बञ्चित गर्दै आएको छ ।
यस छलफलमा करिब २५ देश तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरु समेत सहभागी हुने जनाइएको छ ।
छलफलपछि राष्ट्रसंघले तालिवान सरकार विरुद्ध कदम चाल्न सक्ने पनि अनुमान गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय