arin enterprises

म्यानसिटि शीर्ष स्थानमा उक्लियो

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख १८, सोमबार

म्यान्चेस्टर सिटी इंग्लीस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा फुल्हमलाई २–१ले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीलाई विजयी गराउन अर्लिङ ब्रट हाल्याण्ड र जुलियन अल्भारेजले एक एक गोल गरेका थिए । फुल्हमका आल्भेस मोरेइसले एक गोल फर्काए थिए ।

फुल्हामको घरेलु मैदान क्रेभन कटेजमा भएको खेलको तेस्रो मिनेटमा हाल्यान्डले पेनाल्टीबाट पहिलो गोल गरे । यो गोल सहित हाल्यान्डले सबै प्रतियोगितामा गरी सिजनमा ५० गोल पूरा गरेका छन् ।

अल्भेस मोराइसले १५औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

अल्भारेजले ३६ मिनेटमा सिटीका लागि दोस्रो गोल गरेका थिए ।

यो जितसँगै सिटीले ३२ खेलबाट ७६ अंक जोडेको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको आर्सनलको ७५ अंक छ ।

आइतबार राति भएको खेलमा न्युकासलले साउथ ह्याम्पटनलाई ३–१ ले पराजित गरेको छ ।

यसैगरी म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दा बर्नमाउथले लिड्स युनाइटेडलाई ४–१ ले पराजित गरेको थियो ।

Categorized in स्पाेर्ट्स