आशु फर्के युट्युबमा
SamacharDesk – बिराज | २०८० बैशाख २२, शुक्रबार

आशुतोष बाराही । यो नाम अहिले युवाहरु माझ नयाँ होइन । आशुतोष बाराहीलाई कसैलाई चिनाइरहनु पर्दैन । सबैले चिन्छन् यिनलाई बा अथवा आशु भनेर ।
उनको युट्युब च्यानल 'AashutoshBrh' मा आउने आशु र बाको भाइन्स युवाहरुमाझ निकै लोकप्रिय छ । बाको क्यारेक्टर, अनि बाको थेगो ‘धाःसा धाल धाइ’ निकै चर्चित छ ।
युवा पुस्तामा यस्तो लोकप्रियता कमाएका आशु एकाएक युट्युबबाट हराए । सात महिनासम्म कुनै नयाँ भिडियो अपलोड भएन ।
बाका फ्यानहरु आशुको भिडियो किन आएन भन्दै निराश बन्दै थिए । यसैबीच गत मे ३ तारीखका दिनमा एउटा भिडियो अपलोड भयो ।
भाइन्समा लोकप्रियता कमाएका आशुतोषले अहिले भने फरक खालको भिडियो अपलोड गरेका थिए । यसपालि उनले पडकास्ट अपलोड गरे ।
रातो मच्छिन्द्रनाथको रथ बनाउने बाराही समुदायका नाइके दिलबहादुर बाराहीसँगको पडकास्ट उनले अपलोड गरे । धेरैले आफुलाई यसपालि मच्छिन्द्रनाथको रथ किन बाङ्गो भएको भनेर सोधिरहेकोले यो पडकास्ट बनाएको उनले बताए ।
‘म बाराही भएकोले धेरैले यसपालि रथ किन बाङ्गो भएको भनेर सोध्यासोध्यै गर्यो । कतिलाई मात्र रिप्लाइ गरिरहनु भनेर बाराही नाइकेबाटै यसको उत्तर दिउँ भनेर मैले पडकास्ट बनाएको हो’ आशुतोषले बताए ।
रातो मच्छिन्द्रनाथको रथ बाराही समुदायले बनाउने गर्छन् । आशुतोष पनि पूलचोक पुगेर रथ बनाउने काममा सघाउने गर्छन् । युवा पुस्तामाझ लोकप्रिय आशुतोषलाई रथको बारे जिज्ञासा आउनु स्वाभाविक पनि थियो ।
तर यसको उत्तर आफैंले दिनुभन्दा बाराही नाइकेबाटै दिइएमा राम्रो हुने लागेको उनले बताए ।
‘बाराहीहरुले रथ राम्ररी बनाएन भन्ने हल्ला पनि थियो, साथमा यसपालि जानेका अग्रजहरु भन्दा सिकारु युवाहरुले मात्र रथ बनाएकोले बाङ्गिएको भन्ने हल्ला पनि थियो । यस्तो अग्रजबाटै सहि कुरा बाहिर दिनुपर्छ भन्ने मालई लाग्यो’ आशुतोषले प्रष्ट्याए ।
म अहिले ‘एथनिक एक्सप्लोरेसन विद नीति शाह’ प्रोजेक्टमा डाइरेक्टरको रुपमा आवद्ध छु । यो प्रोजेक्टमा बिजि भएर भाइन्स बनाउन नपाइएको हो । अब भाइन्स पनि बनाउँछु
सुरुमा पडकास्ट बनाउने भन्दा पनि रथ बाङ्गिएको जिज्ञासाको उत्तर मात्र दिन खोजेको बताउँदै प्रतिक्रिया हेरेर आफु निकै उत्साहित भएको र अब पडकास्टलाई निरन्तर गर्न योजना बनाइरहेको पनि आशुतोषले जानकारी दिए ।
यो लेख तयार हुँदासम्म दिलकुमार बाराहीसँगको उक्त पडकास्टले दुई दिनमा ५५ हजार बढि भ्यूज पाइसकेको छ ।
कला, संस्कृति साथै विभिन्न क्षेत्रलाई समेटेर आफुले पडकास्टलाई निरन्तर गर्दै जाने उनले बताए ।
अब भाइन्स आउँदैन त भन्ने प्रश्नमा आशुतोषले भने, ‘भाइन्स त रोक्ने कुरै हुन्न । म अहिले ‘एथनिक एक्सप्लोरेसन विद नीति शाह’ प्रोजेक्टमा डाइरेक्टरको रुपमा आवद्ध छु । यो प्रोजेक्टमा बिजि भएर भाइन्स बनाउन नपाइएको हो । अब भाइन्स पनि बनाउँछु’ आशुले भने ।
अब भाइन्स पनि केही फरक ढङ्गको आउने आशुले बताए । पडकास्ट र भाइन्स दुबै एउटै च्यानलबाट आउने पनि उनले बताए
यस प्रोजेक्टमा आवद्ध भएर नेपालका विभिन्न जातीय समुदायको कला, संस्कृतिको बारेमा पनि भिडियो बनाउन पाएर आफु निकै खुसी भएको तर भाइन्स निरन्तर गर्न समय नहुँदा भने दुःख लागेको आशुको भनाई हो ।
‘अहिले प्रोजेक्टमार्फत भिडियोहरु बनाएर विभिन्न जातीय समुदायको कला, संस्कृतिको बारेमा आफुले पनि थाहा पाउने र अरुलाई पनि थाहा दिने काम गर्न पाउँदा खुसी छु । आफ्नो भाइन्स बनाउन नपाउँदा दुःख भने लागिरहेको छ’ आशुले भन्दै गए ।
‘भाइन्स किन आएन भन्दै धेरैले सोधिरहन्छन् । यस्तो फिडब्याक आउँदा अहिले नै बा बनेर सुट गरिहालौं जस्तो लाग्छ तर समय छैन । अब प्रोजेक्ट पनि सकिन लाग्यो, अब बनाउनेछु ।’
अब भाइन्स पनि केही फरक ढङ्गको आउने आशुले बताए । पडकास्ट र भाइन्स दुबै एउटै च्यानलबाट आउने पनि उनले बताए ।
सबैले मन पराएको बा क्यारेक्टर भाइन्समा फेरी पनि आउने तर अब प्रस्तुति भने फरक बनाउन आफुले सोचिरहेको आशुले बताए ।
‘एकै किसिमको भिडियो भयो कि, केही फरक सोच्नुपर्यो कि भन्ने मलाई लागिरहेको थियो । यसमा मैले काम गरिरहेको छु । अब बा फर्केपछि केही नयाँ स्वाद पाउनेछन् दर्शकले’ आशुले आफ्नो योजना सुनाए ।
५३ हजार ८ सय बढि सब्सक्राइबर भएको उनको AashutoshBrh युट्युब च्यानलमा आउने बा र आशुको भाइन्सले गज्जबको भ्यूज पाउने गरेको छ ।
उनको यस च्यानलमा अपलोड भएको भिडियोमध्ये सबभन्दा बढि 'Being a non newar' भिडियोले २ लाख ७१ हजार भन्दा बढि भ्यूज पाइसकेको छ भने सबभन्दा कम भ्यूज भनेकै 'A Pawsome Story' ले १३ हजार बढि भ्यूज पाएको छ ।
सबभन्दा कम नै १३ हजार माथिको भ्यूज भन्दा उनको लोकप्रियताको अनुमान लगाउन निकै सहज छ ।
फरक, नयाँ र परिस्कृत ढङ्गको भाइन्सको लागि उनका फ्यानहरु भने निकै उत्सुकताका साथ ‘बा’ लाई कुरेर बसेका छन् ।
