रियल म्याड्रिड कोपा डेल रे च्याम्पियन
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २४, आइतबार

रियल म्याड्रिडले स्पेनिस कोपा डेल रेको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोलले हराउँदै उपाधि उठाएको हो ।
रियलका लागि दुबै गोल रोड्रिगोले गरे । ओसासुनाका लागि लुकास टोरोले गोल गरे ।
स्टेडियो ला कार्टुजामा भएको खेलको दोस्रो मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता लिए ।
५८ औँ मिनेटमा लुकासले गोल गर्दै ओसासुनालाई १–१ गोलको बराबरीमा ल्याए ।
रोड्रिगोले ७० औं मिनेटमा गोल गरेपछि रियलले फेरी अग्रता लियो ।
खेलको बाँकि समयमा अरु गोल नहुँदा खेल रियलले पोल्टामा पारे ।
यो उपाधि रियलले पछिल्लो पटक सन् २०१४मा जितेको थियो ।
यस्तै यो रियलको २० औ कोपा डेल रे उपाधि हो ।
Categorized in स्पाेर्ट्स