arin enterprises

रुसले युक्रेनको मुख्य शहरहरुमा हवाई आक्रमण तीव्र पारे

SamacharDesk | २०८० बैशाख २६, मंगलबार

रुसले युक्रेनको राजधानी कीभ लगायतका मुख्य शहरहरुमा हवाई आक्रमण तीव्र पारेको छ ।

मिसाइल र ड्रोन आक्रमण तीव्र पार्दा ओडेसा क्षेत्रमा एक जनाको मृत्यु हूँदा पाँच जना घाइते भएका छन् । यो विगत ८ दिनमा रुसले कीभमा गरेको चौंथौ आक्रमण हो ।

करिब ५०/६० वटा ड्रोनबाट एकसाथ गरिएको यो आक्रमणलाई कीभका मेयर भिटाली क्लित्सकोले रुसले कीभमा गरेको अहिलेसम्मको सबै भन्दा ठूलो आक्रमण भनेका छन् ।

रुसले सन् १९४५ मा दोस्रो विश्व युद्धको क्रममा तत्कालिन जर्मन नाजी सेनालाई परास्त गरेको दिनको सम्झनामा हरेक वर्ष मे ९ तारिखमा विजय दिवस मनाउँदै आएको छ ।

रूसले त्यसको पूर्वसन्ध्यामा युक्रेनमाथिको हवाई आक्रमण ब्यापक रूपमा गरेको हो ।

Categorized in अन्तर्राष्ट्रिय