arin enterprises

गाजामा हवाई आक्रमणमा परि १२ जनाको मृत्यु

SamacharDesk | २०८० बैशाख २६, मंगलबार

प्यालेस्टाइको गाजा क्षेत्रमा इजरायली सेनाले हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु भएको छ ।

इजरायली स्वास्थ्य मन्त्रालयले मंगलबार हवाई आक्रमण परि १२ जनाको मृत्यु भएको पुष्टी गरेको छ । साथै आक्रमणमा २० जना घाइते भएका छन् ।

आक्रमणमा परि मृत्यु हुनेमा केही इस्लामिक जिहाद आन्दोलनका नेता रहेको छ भने अधिकांश आम नागरिक नै रहेको अलजजिराले जनाएको छ ।

यस्तै प्यालेस्टाइनी इस्लामिक जिहाद आन्दोलनले भने हवाई आक्रमणमा आफ्ना तीन नेता मारिएको जनाएको छ ।

इजरायली सेनाले प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनका सदस्यहरूलाई लक्षित गर्दै गाजामा हवाई आक्रमण गरेको हो ।

Categorized in अन्तर्राष्ट्रिय