आइसीसी विश्वकपको छनोट खेल्ने सबै १० राष्ट्रको टुंगो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २७, बुधबार

जिम्बावेमा हुने आइसीसी एकदिवसीय विश्वकपको छनोट खेलमा सहभागी हुने सबै १० राष्ट्रको टुंगो लागेको छ ।
आयरल्यान्डले विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोटमा सहभागी रहने १० राष्ट्रको टुंगो लागेको हो ।
सुपर लिगको अन्तिम सिरिजको पहिलो खेलमा बर्षाका कारण खेल रद्द भए पछि बंगलादेशसँग अंक बाँड्दै आयरल्यान्डले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।
विश्वकप छनोट खेल आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत, अस्ट्रेलिया, पाकिस्तान, न्युजिल्यान्ड, बंगलादेश, इंग्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिका सिधा विश्वकपका लागि छनोट भईसकेका छन् ।
यस्तै सुपर लिगमा सहभागी रहेका नेदरल्यान्ड्स, श्रीलंका, वेस्ट इन्डिज र जिम्बावेले भने यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । यसमा अब आयरल्यान्ड पनि थपिएको छ ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् ।
गत महिना सम्पन्न ६ देश सम्मिलित विश्वकप प्लेअफ क्वालिफायरबाट अमेरिका र युएई शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा पुगेका छन् ।
आइसीसी एकदिवसीय विश्वकप छनोट खेल्ने १० टोलीः
वेस्ट इन्डिज
श्रीलंका
जिम्बावे
आयरल्याण्ड
नेदरल्याण्ड्स
स्कटल्याण्ड
ओमान
नेपाल
अमेरिका
युएई
Categorized in स्पाेर्ट्स