arin enterprises

ललितपुर–१६ को डिजाइनिङ्ग र सिलाइ तालिम सम्पन्न

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० बैशाख २७, बुधबार

ललितपुर महानगरपालिका १६ ले आयोजना गरेको डिजाइनिङ्ग, सिलाइ तालिम सम्पन्न भएको छ ।

महिलालाई स्वरोजगार र आत्मनिर्भरता बनाउनका लागि भन्दै ४५ दिनसम्म चलेको तालीमको गत मंगलबार एक कार्यक्रम गर्दै औपचारिक रुपमा समापन गरिएको हो ।

कार्यक्रममा सहभागीहरुलाई ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष शाक्यले तालिमबाट आफुले सीकेको सीपबाट उत्पादन हुने लुगाहरुको बजार व्यबस्थापनमा वडाबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘हामीले सीप दियौं, अब बजार व्यवस्थापनमा पनि सक्दो सहयोग गर्नेछौं । महिला उद्यमीको संख्यात्मक वृद्धि गर्नका लागि भन्दै समय समयमा मेला आयोजना गर्ने हाम्रो लक्ष्य छ’ वडाध्यक्ष शाक्यले भने ।

तालीममा गोर्जियस इन्स्टिच्यूट अफ फेशन टेक्नोलजि (गिफ्ट) ले प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिएको थियो ।

तालीमको समापन कार्यक्रममा वडा सदस्य साथै वडाको महिला समिति संयोजक बविता श्रेष्ठ, गिफ्टको तर्फबाट शोभा महर्जन, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, चलचित्रकर्मी सुरेन्द्र तुलाधर लगायतले महिलाहरुलाई सीप सिकेर आत्मनिर्भर बन्न सुझाव दिँदै आआफ्ना विचार राखेका थिए ।

Categorized in स्थानीय