मिलान डर्बीमा इन्टर विजयी
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २८, बिहिबार

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा इटालियन क्लब मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानलाई हराएको छ ।
बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टरले घरेलु टोली एसी माथि २–० को जित निकालेको हो ।
सान सिरो स्टेडियममा भएको खेलमा इन्टरले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो ।
खेलको आठौं मिनेटमा जेकोको गोलबाट इन्टरले अग्रता लियो । ११ औं मिनेटमा हेनरिक म्खितारयान इन्टरको अग्रता दोब्बर पारे ।
यहि अग्रतालाई इन्टरले अन्तिमसम्म जोगाइ खेल आफ्नो पोल्टामा पारे ।
अब दोस्रो लेगअन्तर्गत मिलान डर्बी खेल आगामी मंगलबार तथा रियल र सिटीबीच बुधबार राति प्रतिस्पर्धा हुनेछ ।
Categorized in स्पाेर्ट्स