रियलले गेटाफेलाई हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ३१, आइतबार

ला लिगामा रियल म्याड्रिडले गेटाफेलाई हराएको छ । शनिबार राति रियलले गेटाफेमाथि १–० को जित निकालेको हो ।
रियलको घरेलु मैदानमा भएको खेलमा मार्को एसेन्सियाले निर्णायक गोल गरे । उनले खेलको ७० औं मिनेटमा गोल गरेका हुन् ।
यो जितसँगै रियलले ला लिगाको उपाधिको गणितिय सम्भावनालाई कायमै राखेको छ ।
लिगमा चार खेल बाँकी रहदा बार्सिलोनाले ११ अंकको अग्रता रियलसँग बनाएको छ ।
शीर्ष स्थानको बार्सिलोनाको ८२ र दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ ।
Categorized in स्पाेर्ट्स