arin enterprises

ट्वीटरमा मस्क जस्तै मुर्ख नयाँ सीईओ लिन्डा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख ३१, आइतबार

ट्वीटरमा नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएको छ । एलन मस्कले लिन्डा याक्कारिनोलाई ट्वीटरका सीईओका रुपमा नियुक्त गरेका हुन् ।

मस्कले दुई महिनाअघि ट्वीटरमा आफू सीईओबाट हट्नु ठीक छ कि छैन भन्ने भोटिङ पोल बनाएका थिए ।

जसमा १७ लाख अकाउन्ट मध्ये ५७ प्रतिशतले मस्क सीईओबाट हट्नुपर्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि उनले आफूजस्तै कोही ‘मूर्ख’ भेट्टाएपछि सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

गत महिना मायामीको भएको एड्भर्टाइजिङ कन्फ्रेन्समा लिन्डाले मस्कको अन्तर्वार्ता लिएकी थिइन् । उक्त अन्तर्वार्तामा यी दुईले ट्वीटरको भावी योजना, ट्वीटरमा अभिव्यक्ति स्वतन्त्रता लगायतका विभिन्न विषयहरूमा कुराकानी गरेका थिए ।

त्यसपछि नै मस्कले लिन्डालाई ट्वीटरको लागि छनोट गरेको हुनसक्ने अनुमान गरिएको छ ।

५९ वर्षीय याक्कारिनो विज्ञापन, अनलाइन स्ट्रिमिङ, साझेदारी र डेटा स्ट्राटेजीसम्बन्धी विज्ञ हुन् ।

उनले आफ्नो व्यावसायिक जीवनको लामो समय वार्नर मिडियाको टीभी अपरेसन्समा बिताएकी छिन् ।

मस्कको बारम्बारको प्रयासपछि याक्कारिनोले सीईओको जिम्मेवारी लिन सहमत भएकी जनाइएको छ ।

मस्कले ट्वीट गर्दै कम्पनीमा याक्कारिनोको भूमिका व्यवसाय सञ्चालन, प्रडक्ट डिजाइन र नयाँ प्रविधिमा हुने बताएका छन् । 

लिन्डाले पेन स्टेट युनिभर्सिटिमा लिबरल आर्ट्स एन्ड टेलिकम्युनिकेसन पढेकी छन् ।

विज्ञापन तथा बजारीकरणको क्षेत्रमा दक्ष व्यक्तिलाई ट्वीटरको सीईओमा नियुक्त गर्नु मस्कको राम्रो कदम भन्दै धेरैले प्रशंसा पनि गरेका छन् ।

Categorized in विज्ञान-प्रविधी