बार्सिलोनाले चार बर्षपछि ला लिगाको उपाधि जित्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १, सोमबार

बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि जितेको छ । आइतबार स्पान्योललाई ४–२ ले पराजित गरेसँगै बार्सिलोनाले चार बर्ष पछि उपाधि जितेको हो ।
यस सिजनमा चार खेल बाँकी छदै बार्सिलोनाले उपाधि आफ्नो नाममा गरे । उसले पछिल्लो पटक सन् २०१८–१९ सिजनको उपाधि जितेको थियो ।
गएराति स्पान्योलको घरेलु मैदानमा भएको खेलमा रोबर्ट लेवान्डोवस्कीले दुई तथा एलेजान्ड्रो वाल्डेले र ज्युल्स कोन्डेले समान १/१ गोल गरेका थिए ।
स्पान्योलका जाभियर पुवाडो र जोसेलुले समान १/१ गोल गरेका थिए ।
खेलको ११ औं मिनेटमा लेवान्डोवस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । वाल्डेले २० औं मिनेट गोल गर्दै अग्रता दोब्बर पारे ।
लेवान्डोवस्कीले ४० औं मिनेटमा आफ्नो व्यक्तिगत दोस्रो र क्लबको लागि तेस्रो गोल गर्दा बार्सा पहिलो हाफमा ३–०ले अघि रह्यो ।
कोउन्डेले ५३ औं मिनेटमा बार्सिलोनाका लागि थप गोल गरे । स्पान्योलका लागि जाभियर पुवाडो ७३ औं मिनेटमा र जोसेलुले समान दोस्रो हाफको इन्जुरी समयमा १/१ गोल फर्काएको थियो ।
यो जितसँगै बार्सिलोनाको ३४ खेलबाट ८५ अंक छ ।
समान खेलमा दोस्रो स्थानको रियलको ७१ अंक छ भने तेस्रो स्थानको एट्लेटिको म्याड्रिडको ६९ अंक छ ।
यस्तै १९ औ स्थानको स्पान्योल ३१ अंकले रेलिगेसनमा परेको छ ।
Categorized in स्पाेर्ट्स