न्युमेक्सिकोमा गोली चलदा चारको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २, मंगलबार

अमेरिकाको न्युमेक्सिकोमा अन्धाधुन्द गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ ।
१८ बर्षिय एक किशोरले न्युमेक्सिकोको फार्मिङ्टनको एउटा चर्च बाहिर अन्धाधुन्दा गोली प्रहार गरेका हुन । घटनामा तीन प्रहरीसहित थुप्रै घाइते भएको जनाइएको छ ।
चर्च बाहिरको वस्तीमा एक किशोरले स्वचालित हतियारबाट मनपरी गोली प्रहार गर्दै दौडिएपछि स्थानीयहरुमा कोलाहल मच्चिएको थियो ।
यस्तै गोेली प्रहार गर्ने किशोर पनि प्रहरी कारबाहीमा मारिएका छन् ।
प्रहरीले मारिनेहरुको परिचय खुलाएको छैन भने घाइतेहरुको विवरण पनि दिएको छैन ।
घाइते भएका तीन जना प्रहरीको स्थानीय अस्पतालमा उपचार भईरहेको र उनीहरुको अवस्था स्थिर रहेको फार्मिङ्टन प्रहरीले जनाएको छ ।
Categorized in अन्तर्राष्ट्रिय