लिभरपुलले लेस्टर सिटी हरायो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ २, मंगलबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लेस्टर सिटीलाई ३–० गोलले पराजित गरेको छ ।
सोमबार राति भएको खेलमा लिभरपुलको जितमा कर्टिस जोन्सले ३३ र ३६ मिनेटमा गरी दुई गोल गरे ।
अलेक्जन्डर अर्नोल्डले ७१ मिनेटमा तेस्रो गोल गरे । यो जितसँगै लिभरपुल ३६ खेलबाट ६५ अंक जोड्दै अंक तालिकाको पाँचौ स्थानमा छ ।
अन्तिम दुई खेल बाँकी छदा लेस्टर ३० अंक जोडेर पुछारबाट दोस्रो १९औं स्थानमा छ । सन् २०१६ को च्याम्पियन लेस्टरमाथि भने रेलिगेसनको खतरा बढेको छ ।
लेस्टरले पछिल्लो १४ खेलमा एक खेलमा मात्र जित हात पारेको छ। अब उसले न्युकासल र वेस्ट ह्यामसँग खेल्न बाँकी छ।
Categorized in स्पाेर्ट्स