रोमिङ महसुलमा चार गुणा छुट
SamacharDesk | २०८० जेठ ३, बुधबार

अन्तर्राष्ट्रिय दूरसञ्चार दिवसको अवसरमा नेपाल टेलिकमले रोमिङ महसुलमा भारी छुट गरेको छ ।
नेपाल टेलिकमले विशेष गरी भारत र थाइल्याण्ड जाने नेपालीहरुले प्रयोग गर्दा लाग्ने लाग्ने रोमिङ सेवाको महसुल घटाएको हो ।
अब नेपाल टेलिकमको सिमबाट भारतमा फोन गर्दा अब प्रतिमिनेट सात रुपैयाँ मात्रै शुल्क लाग्नेछ भने एसएमएस गर्दा पनि प्रति एसएमएस सात रुपैयाँ नै लाग्ने छ ।
यस्तै भारत जाने नेपालीहरुले फोन उठाउँदा पनि सात रुपैयाँ मात्रै शुल्क लाग्ने छ । यसअघि रोमिङ सेवा लिएर भारतमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ र फोन उठाउँदा प्रतिमिनेट १४ रुपैयाँ तथा एसएमएसमा प्रति एसएमएस २४ रुपैयाँ शुल्क लाग्ने गर्दथ्यो ।
यस्तै नेपाल टेलिकमको सिमबाट थाइल्याण्डमा फोन गर्दा र नेपालमा भएको नम्बरमा फोन प्रतिमिनेट ५० रुपैयाँ लाग्ने छ ।
यसअघि यस्तो शुल्क प्रतिमिनेट १३५ रुपैयाँ थियो । यसैगरी थाइल्याण्डमा नेपाल टेलिकमको सिममा आएको कल उठाउँमा प्रतिमिनेट २५ रुपैयाँ मात्रै लाग्ने छ ।
थाइल्याण्डमा एसएमएस गर्दा प्रति एसएमएस १० रुपैयाँ मात्रै लाग्ने छ । भारत र थाइल्याण्डमा नेपाल टेलिकमको सिमबाट डाटा चलाउँदा प्रति एमबी पाँच रुपैयाँ मात्रै लाग्ने छ ।
Categorized in बिजनेस