१३ वर्षपछि इन्टर च्याम्पियन्स लिगको फाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३, बुधबार

१३ वर्षपछि इन्टर मिलान च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । शहरी प्रतिद्वन्द्वी एसी मिलानलाई समग्रमा ३–० ले हराउँदै इन्टर फाइनल पुगेको हो ।
सेमिफाइनलको दोस्रो लेगमा इन्टरले एसीलाई १–० ले पराजित गरे ।
गएराति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरका लागि लाउटरो मार्टिनेजले निर्णायक गोल गरे ।
उनले खेलको ७४ औं मिनेटमा गोल गरेका हुन् । पहिलो लेगमा इन्टरले २–० को जित निकालेको थियो ।
यस अघि इन्टरले २०१० मा च्याम्पियन्स लिगको फाइनल खेलेको थियो ।
अब इन्टरले उपाधिका लागि म्यानचेस्टर सिटी र रियल म्याड्रिडबीचको विजेतासँग खेल्नेछ ।
फाइनल खेल आगामी जुन १० मा टर्कीको इस्तानबुलस्थित अतातुर्क ओलम्पिक स्टेडियममा हुनेछ ।
Categorized in स्पाेर्ट्स