पश्चिम बंगालको पटका कारखानाको विष्फोटमा ९ को मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३, बुधबार

पश्चिम बंगाल मेदिनीपुर जिल्लास्थित एउटा पटाका कारखानामा विष्फोट भएको छ ।
विष्फोटमा परि हालसम्म नौ जनाको मृत्यु हुँदा अन्य कैयौं घाइते भएका छन् । यस्तै गम्भीर घाइते भएका दुई जनालाई कोलाकाता अस्ताल पठाइएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
पश्चिम बङ्गाल सरकारको निर्देशनमा अपराध अनुसन्धान विभागले घटनाबारे अनुसन्धान थालेको छ ।
सरकारी नीति–नियम विपरीत कारखाना सञ्चालन गरेको अभियोगमा कारखानाका मालिकलाई पक्राउ गर्ने प्रयास भइरहेको छ ।
कारखाना मालिक विरुद्ध यसअघि पनि केही मुद्दा परेको थियो ।
घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री ममता बनर्जीले मृतकका परिवारलाई जनही दुई लाख ५० हजार र घाइतेलाई एक लाख क्षतिपूर्ति दिने घोषणा गरेकी छिन्।
Categorized in अन्तर्राष्ट्रिय