arin enterprises

राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ३, बुधबार

भारतीय कांग्रेस नेता राहुल गान्धीविरुद्ध झारखण्ड उच्च अदालतमा पनि मानहानी मुद्दा परेको छ ।

सन् २०१८ मा चाइबासमा भएको पार्टीको भेलामा गान्धीले भारतीय जनता पार्टी (भाजपा) का नेता अमित शाहविरुद्ध आपत्तिजनक टिप्पणी गरेपछि भाजपाका एक जना स्थानीय नेताले मुद्दा दायर गरेका थिए ।

उनले आफ्नो पार्टीको भेलामा ‘हत्याको आरोपी भाजपामा मात्र पार्टी अध्यक्ष बन्न सक्छ, काङ्ग्रेसमा यो सम्भव छैन ’ भनेका थिए ।

यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो भने त्यसलाई चुनौती दिँदै उनले उच्च अदालतमा आवेदन गरेका थिए ।

यो भनाइबारे जवाफ दिन तल्लो अदालतले नेता गान्धीलाई सूचना पठाएको थियो ।

यद्दपी अदालतको आदेशलाई चुनौती दिँदै गान्धीले उच्च अदालतमा तल्लो अदालतको सुचना खारेजीको माग सहित आवेदन दिएका थिए ।

न्यायाधीश अम्बुजनाथको इजलासमा बहस समाप्त भएको छ भने दुवै पक्षलाई बहसको सारांश पेश गर्न आदेश दिइएको छ।

Categorized in अन्तर्राष्ट्रिय