फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई जेल सजाय
SamacharDesk | २०८० जेठ ४, बिहिबार

फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । पूर्वराष्ट्रपति सार्कोजीलाइ भ्रष्टाचारमा दोषी ठहरिएपछि जेल सजाय सुनाइएको हो ।
सन् २०२१ मार्चमा सार्कोजी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेको आरोप छ ।
सन् २००७ देखि २०१२ सम्म फ्रान्सका राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिना साथ कानुनी झमेलामा फसेका हुन् ।
फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतको निर्णयलाई सदर गर्दै सार्कोजीलाई कारावासको सजाय सुनाएको हो ।
दोस्रो विश्वयुद्धपछि जेल सजाय पाउने उनी पहिलो पूर्वराष्ट्रपति भएका छन् ।
यस्तै उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरिने बताएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय