arin enterprises

सिद्धारमैया कर्नाटकको नयाँ मुख्यमन्त्री बन्दै

SamacharDesk | २०८० जेठ ४, बिहिबार

सिद्धारमैया कर्नाटकको नयाँ मुख्यमन्त्री बन्ने भएका छन् ।

कर्नाटक विधानसभामा बहुमत पाउँदै भारतीय कंग्रेसबाट सिद्धारमैयालाई कर्नाटकाको मुख्यमन्त्री बनाउन बुधबार भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गे र पूर्वअध्यक्ष राहुल गान्धीबीच लामो छलफलपछि सहमति भएको हो ।

एक साताअघि सम्पन्न विधानसभा निर्वाचनमा कर्नाटकामा कंग्रेसले स्पष्ट बहुमत प्राप्त गरेको हो । २ सय २४ सदस्यीय विधानसभाको १ सय ३६ सिट जित्दै कंग्रेसले एकल सरकार बनाउन लागेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।

विधानसभामा भारतीय कंग्रेसबाट सिद्धारमैयार डीके शिवकुमारबीच मुख्यमन्त्री पदका लागि प्रतिस्पर्धा भएको थियो ।

त्यस्तै पार्टीका प्रदेश अध्यक्षसमेत रहेका डीके शिवकुमार भने उपमुख्यमन्त्री बन्ने भएका छन् ।

शिवकुमारले अन्तिमसम्म दाबी नछाडे पछि आलोपालो नेतृत्वमा सहमति जनाएका हुन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पहिलो साढे २ वर्ष सिद्धारमैया मुख्यमन्त्री बन्नेछन् । त्यसपछि बाँकी साढे २ वर्ष भने शिवकुमारले मुख्यमन्त्रीको जिम्मेवारी पाउनेछन् ।

७५ बर्षिय सिद्धारमैया कार्नाटकका पूर्वमुख्यमन्त्री समेत हुन्  । उनी सन् २०१३ मे १३ देखि सन् २०१८ मे १७ सम्म कर्नाटकको १४औं मुख्यमन्त्रीका रूपमा रहेका थिए ।

साथै सिद्धारमैया देवराज उर्सपछि कर्नाटकको मुख्यमन्त्रीमा पूर्ण कार्यकाल रहने दोस्रो व्यक्ति बनेका छन् ।

मुख्यमन्त्रीका रूपमा सिद्धारमैयाले आउँदो शनिबार बेंगलुरुमा शपथ लिने बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय