इटालीको बाढीपरि १३ को मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ५, शुक्रबार

इटालीमा बाढीको कारण १३ जनाको मृत्यु भएको छ । एकैपटक २० वटा भन्दा बढी नदीमा बाढी आउँदा अहिलेसम्म १३ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
इटालीमा छ महिनामा पर्ने पानी दुई दिनमा परेपछि देशका लगभग सबै नदीका किनारहरु विष्फोट भएका छन् ।
बाढीबाट सडक, सार्वजनिक स्थल र निजी घरहरु समेत क्षतविक्षत हुँदा हज्जारौं मानिसहरु विस्थापित भएका छन् । बाढीले ल्याएको लेदो माटोले वस्ती नै भरिभराउ भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।
पिडितहरुले अहिलेसम्म यस्तो वितण्डा कहिल्यै नदेखेको बताएका छन् । राभेन्ना शहर बाढीबाट सबैभन्दा बढी प्रभावित भएको छ ।
बाढीमा फसेकाहरुको उद्धार र पुनस्थापनाका लागि ठूलो संख्यामा आपत्कालिन उद्धार टोली परिचालन गरिएको छ ।
Categorized in अन्तर्राष्ट्रिय