arin enterprises

फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ५, शुक्रबार

फिफा विश्वकप २०२६ को लोगो सार्वजनिक भएको छ ।

बिहीबार विश्व फुटबलको सर्वोच्च निकाय फिफाले २०२६ को विश्वकपको लोगो सार्वजनिक गरेको हो ।

सन् २०२६ को विश्वकप तीन राष्ट्र संयुक्त राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त आयोजना हुँदैछ ।

यस संस्करणको विश्वकपको १६ खेल स्थल पनि सार्वजनिक भएको छ ।

विश्वकपका खेलहरु अमेरिकाको ११, मेक्सिकोको ३ र क्यानडाको २ स्थानमा सञ्चालन हुनेछ ।

२०२६ विश्वकपको फाइनल खेल जुलाई १९ मा हुनेछ ।

Categorized in स्पाेर्ट्स