arin enterprises

ब्लुटिक सब्सक्राइबरले ट्वीटरमा दुई घण्टा लामो भिडिओ अपलोड गर्नसक्ने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ ५, शुक्रबार

ट्वीटरमा अब ब्लु टिक सब्सक्राइबरले दुई घण्टासम्म लामो भिडिओ अपलोड गर्न पाउने भएका छन् ।

एलन मस्क एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् ।

ट्वीटरले आफ्ना सशुल्क अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्ताको लागि नयाँ अपडेट ल्याउँदै यो सुविधा थप गरेको हो ।

यो भन्दा अगाडि ब्लु टिक सब्सक्राइबरले एक घण्टा लामो र २ जीबीसम्मको भिडिओ मात्र अपलोड गर्न पाउने सुविधा थियो ।

अब भने ब्लु टिक खरिद गरेका प्रयोगकर्ताले २ घण्टा लामो र ८ जीबीसम्मको ट्वीटरमा भिडिओ अपलोड गर्न सक्नेछन् ।

पोडकास्ट र छोटो फिल्महरु बनाउने लगायतका प्रयोगकर्ताहरुलाई ध्यानमा राख्दै कम्पनीले यो सुविधा थप गरेको जनाएको छ ।

यसरी अपलोड गरिएको भिडिओ ब्लु टिक खरिद नगरेका प्रयोगकर्ताले पनि हेर्न सक्नेछन् ।

हालको लागि आईओएस प्रयोगकर्ताले मोबाइल एपबाट पनि यो सुविधा लिन सक्नेछन् भने एन्ड्रोइड प्रयोगकर्ताले भने हाल यो फिचर वेबभर्सनमा मात्र प्रयोग गर्न सक्नेछन् ।

Categorized in विज्ञान-प्रविधी